काठमाडौं, २८ वैशाख । ए डिभिजन लिगमा आज बिहीवार एक खेल हुँदैछ । आज हुने एक खेल च्यासल मैदानमा दिउँसो ३ बजेबाट शुरु हुनेछ ।
आज फ्रेण्ड्स क्लव र जावलाखेल युथ क्लवबीच प्रतिष्पर्धा हुनेछ । दुवै टोली एकअर्कालाई हराएर सुखद् नतिजाका लागि मैदान उत्रिनेछन् ।
दोस्रो स्थानको जावलाखेलको २७ अंक रहेको छ भने फ्रेण्ड्स क्लवको भने १९ अंकसहित ११ औं स्थानमा रहेको छ ।




