काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले धाँधलीको कुनै प्रमाण बाहिर नआवस भन्न मतगणना स्थलमा मोबाइल समेत बन्देज लगाइएको आरोप लगाएका छन् ।
मतगणना स्थलबाट ‘लाइभ’ गर्नुपर्ने माग राख्दै आएका राउतले पारदर्शिताबाट किन डराएको भन्दै प्रश्न उठाएका छन् । उनले सामाजीक सञ्जाल मार्फत सिल तोडिएको मतपेटिको तस्विर राख्दै आफुहरुको माग विपरित मतगणना भइरहेको आरोप लगाएका छन् ।
‘प्रहरी, प्रशासन र निर्वाचन अधिकृतको मिलेमतो हिजो पनि बूथहरूमा देखिएकै हो, मतपत्र बाहिर छयाप्छ्याप्ती भेटिएकै थिए, अब मतपेटिकाको सील पनि तोडिएको छ, अनि गोप्य रूपले गणना गरिँदै छ,’ उनले लेखेका छन् ।