नेपालसँग जोडिएको भारतको पूर्वी चंपारणमा विषाक्त रक्सीबाट ८ को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८१, शनिबार

नेपालसँग जोडिएको भारतको पूर्वी चंपारणमा विषाक्त रक्सीबाट ८ को मृत्यु

एजेन्सी, २ वैशाख । नेपालसँग सीमा जोडिएको भारतको पूर्वी चंपारणमा विषाक्त रक्सीबाट ८ जनाको मृत्यु भएको छ । जिल्लाको तीन गाउँमा उनीहरुको मृत्यु भएको हो ।

पूर्वी चंपारणको हरसिद्धि, पहाडपुर र तुरकौलियामा मृत्युको घटना भएको भारतीय समाचार एजेन्सी हिन्दुस्थान समाचारले उल्लेख गरेको छ ।

शुक्रवार साँझबाट शनिवारसम्म आठ जनाको मृत्युको घटना जानकारीमा आएको छ । कैयां सिकिस्त विरामी परेका छन् ।

भारतमा विषाक्त रक्सीबाट वर्षेनी सयौंको मृत्यु हुने गरेको छ । विहार राज्यमा रक्सीमाथि प्रतिबन्ध लगाइएपनि लुकिछिपी विक्री वितरण हुँदै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);