काठमाडौं । पेरिस ओलम्पिक महिला फुटबल एसिया छनोटको पहिलो चरणको पहिलो खेलमा अहिले नेपाल र भियतनामबीच प्रतिष्पर्धा भइरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा १–४ को अवस्थामा रहेको छ । खेलको ११औं मिनेटमा फाम हाइ यनले गोल गर्दै भियतनामलाई सुरुआती अग्रता दिलाएकी थिइन् । साथै, खेलको ३६औं मिनेटमा कप्तान हुन्ह न्हुले पेनाल्टीमार्फत गोल गर्दै भियतनामलाई दुई गोलको अग्रता दिलाएकी थिइन् ।
खेलको ३८औं मिनेटमा एनगुएन थि बिच थुएले गोल गर्दै पहिलो हाफमा भियतनामलाई तीन गोलले अघि बढाएकी थिइन् । दोस्रो हाफको दुई मिनेटमै कप्तान न्हुले हेडर मार्फत व्यक्तिगत दोस्रो गोल गरिन । खेलको ७८औं मिनेटमा नेपालको तर्फबाट साबित्रा भण्डारीले गोल गर्दै खेललाई ४–१ को अवस्थामा ल्याएकी हुन् ।




