भारतबाट आउने नेपालीहरुमा कोरोना संक्रमण बढ्यो | ईमाउण्टेन समाचार

Our Network

पुष २८ २०८१, आइतबार

भारतबाट आउने नेपालीहरुमा कोरोना संक्रमण बढ्यो

काठमाडौं । भारतमा रोगजारी गरी नेपाल फर्कने नेपालीहरुलाई कोरोनाको संक्रमण देखिन थालेको छ ।

भारतबाट आउने नेपालीहरुमा कोरोना संक्रमण देखिन थालेपछि परीक्षणमा कडाई गर्दा बाँकेको नेपाल भारत सीमा जमुनाहा भन्सार नाकाबाट नेपाल प्रवेश गर्नेहरुलाई संक्रमण देखिएको हो । नेपाल र्फकनेहरुमा कोरोना संक्रमण बढेसँगै नाकामा परीक्षणको दायरा बढाइएको जमुनाहा नाकाका हेल्थ डेस्क प्रमुख गीता गिरी साहीले जानकारी दिनुभयो ।

उहाँले नेपाल फर्कने नेपालीहरुको दैनिक परीक्षणमा कोरोना संक्रमित देखापर्न थालेसँग परीक्षणको दायरा पनि बढाएको बताउनु भयो । उहाँले जमुनाहा नाकाबाट दैनिक करिव डेढ सयदेखि २ सय जनाको जाँच हुने गरेको बताउनु भयो । साहीले चैत महिनामा मात्रै ३० जनामा कोरोना पोजेटिभ देखिएको बताउनु भयो ।

कोरोनाको पोजेटिभ देखिएकाहरुमा समान्य लक्षण देखिएकाले उनिहरुलाई आइसोलेसनमा बस्ने सुझाव दिएर घर पठाउने गरिएको प्रमुख साहीले बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);