एजेन्सी, २१ चैत्र । बंगलादेशको राजधानी ढाकामा आगलागी भएको छ । मंगलबार बिहान ढाकास्थित बंगबजारमा भीषण आगलागी भएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् ।
फायर सर्भिस तथा सिभिल डिफेन्स कन्ट्रोलका रुमका अनुसार मंगलबार बिहान ६ः१० बजे बंगबजार मार्केटमा आगलागी सुरु भएको हो ।
आगो नियन्त्रण गर्न ४७ वटा दमकल प्रयोग भएका थिए ।
हालसम्म मानवीय क्षति भएको जानकारी आएको छैन् । बजारका पसलेहरुले आगलागीको खबर सुन्नेबित्तिकै सामान हटाएका थिए ।