इन्धनको नयाँ मूल्य आजदेखि लागू हुँदै | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

इन्धनको नयाँ मूल्य आजदेखि लागू हुँदै

Nepal-oil-Nigam

काठमाडौं, २१ चैत्र । सोमबार निगम सञ्चालक समिति बैठकले घटाएको इन्धनको नयाँ मुल्य आजदेखि लागु हुने भएको छ । नेपाल आयल निगमले डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य प्रतिलिटर १०/१० रुपैयाँ र पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाएको छ । खाना पकाउने ग्याँसको मूल्य भने हाललाई यथावत् राखेको छ ।

नयाँ मूल्यपछि अब डिजेल र मट्टीतेलको नयाँ खुद्रा मूल्य प्रतिलिटर १६५ रुपैयाँ कायम भएको छ । यसअघि डिजेल र मट्टीतेलको खुद्रा मूल्य १७५ रुपैयाँ प्रतिलिटर थियो । ३ रुपैयाँले घटेको पेट्रोलको नयाँ मूल्य १७५ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

हवाई इन्धन आन्तरिकतर्फ १६० रुपैयाँ प्रतिलिटर र बाह्यतर्फ डलर १.३५० प्रतिकिलोलिटर कायम भएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);