राष्ट्रिय सभाको निर्वाचन माघ २५ गते गर्ने सरकारको तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

काठमाडौं, पुस १८ । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवबीच आज भेटवार्ता भएको छ । बालुवाटारमा आज साँझ भएको भेटवार्तामा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले राष्ट्रियसभा सदस्यको निर्वाचन माघ २५ गते बिहीबार गर्न प्रस्ताव राखेका छन् ।

प्रधानमन्त्री देउवाले निर्वाचन आयोगको परामर्श अनुसार नै आगामी मन्त्रिपरिषद्को बैठकबाट २०७४ माघ २५ गते बिहीबार राष्ट्रिय सभा सदस्यको निर्वाचन हुने गरी  मिति घोषणा हुने जानकारी दिएको आयोगका सहसचिव एवं प्रवक्ता दिनेशकुमार घिमिरेले जानकारी दिए ।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार काँग्रेसका वरिष्ठ नेताहरुसँगको छलफलमा राष्ट्रिय सभा निर्वाचनको मिति घोषणा गर्नं ढिलाई गर्न नहुने बताएका थिए ।

आफ्नै सरकारी निवास बालुवाटारमा पार्टीका नेताहरुसँग उनले आगामी पुस २४ वा २५ गते राष्ट्रिय सभा निर्वाचनको मिति घोषणा हुन सक्ने बताएका थिए ।

प्रधानमन्त्री देउवाले राष्ट्रिय सभा निर्वाचनको मिति घोषणा गर्न, प्रदेश प्रमुखको नियुक्ती गर्ने लगायतका विषयमा मंगलबार अपरान्ह माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि परामर्श गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);