काठमाडौं, १५ चैत्र । आजदेखि वैदेशिक रोजगार बोर्डको विदेशमा रहेका नेपालीलाई स्वास्थ्य परामर्श सेवा दिन शुरु गर्ने भएको छ । यो सेवा अन्तर्गत वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले टेलिफोनमार्फत आफ्नो स्वास्थ्यको समस्या तथा समाधानको उपायबारे चिकित्सकहरुबाट जानकारी पाउने भएका छन् ।
टेलिमेडिसिन सेवा आज बुधवार बिहान १० बजेदेखि शुरु हुनेछ । सबै प्रकारका बिरामीहरुले विशेषयज्ञहरुसँग परामर्श गर्न सक्नेछन् । तर जसलाई तत्काल आकस्मिक उपचार आवश्यक छ, उसलाई उपयुक्त नहुने वैदेशिक रोजगार बोर्ड सचिवालयका उप–सचिव तथा सूचना अधिकृत राजन पौडेलको भनाइ छ । तत्काल भएको स्थानबाट अस्पतालमा जानुपर्छ । पछिल्लो समय वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई नसर्ने रोगहरुको प्रकोप धेरै देखिएको छ ।
मुटुसम्बन्धि,मिर्गौला सम्बन्धि, बल्डप्रेसर सम्बन्धि र मानसिक किसिमका समस्याहरु तिब्रगतिमा बढीरहेको छ । यसरी नसर्ने रोगबाट मृत्युहुनेहरुको संख्या पनि बढीरहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीलाई नसर्ने रोगबाट कसरी जोगाउने बढी प्राथमिकता दिन खोजिएको पौडले बताउँछन् । उनको अनुसार सर्ने रोगहरुको हकमा तत्काल उपचार गर्नुपर्ने अवस्थामा टेलिमेडिसिन’ सेवा धेरै प्रभावकारी रहन सक्दैन ।