एजेन्सी, १२ चैत्र । अरुणाचल प्रदेशको चाङलाङमा शक्तिशाली भुकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ३.५ रेक्टर स्केलको भूकम्प गएको छ ।
अन्तराष्ट्र्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
भूकम्पको तीव्रता कम भएकाले हालसम्म कुनै मानवीय वा धनमालको क्षति नभएको जानकारी दिएको छ ।
अरुणाचलको चाङलाङमा दुई दिनअघि बिहीबार पनि भूकम्पको धक्का महसुस गरिएको थियो ।
दिउँसो २ बजेतिर १० किलोमिटर गहिराइमा भूकम्प गएको हो । सोही क्रममा भूकम्पको तीव्रता ४ दशमलव २ मापन गरिएको थियो । यस भूकम्पमा पनि कसैलाई क्षति पुगेको छैन ।




