काठमाडौं । कोशी प्रदेश माओवादी संसदीय दलका नेता ईन्द्र आङ्बोमाथि हत्या प्रयास भएको छ ।
पाँचथरको फिदिमबाट ताप्लेजुङ सदरमुकाम फुङलिङ जाने क्रममा उनी चडेको गाडीमाथि ढुंगा प्रहार भएको हो । ढुंगाले लागेर गाडीको सिसा फुटेको छ ।
प्रदेशको नाम कोशी राखेको विरुद्धमा कोशी प्रदेश खारेजी संयुक्त संघर्ष समिति गठन गरिएको थियो । उक्त समितिका सदस्यहरुले सामाजिक सञ्जाल मार्फत चोकचोकमा बसेर नेतामाथि प्रहार गर्न आह्वान गरेका थिए । सामाजिक सञ्जालमा राखिएको भिडियोमा नेता आङ्बोको हत्या गर्ने योजना रहेको बताइएको छ ।