नेपाल सबैभन्दा कम वचत गर्ने मुलुक | ईमाउण्टेन समाचार

Our Network

मंसिर ३० २०८१, आइतबार

नेपाल सबैभन्दा कम वचत गर्ने मुलुक

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल सबैभन्दा कम वचत गर्ने मुलुकमा पर्ने बताउनुभएको छ ।

सोमवार नेपाल राष्ट्र बैंकले आयोजना गरेको विश्वव्यापी मुद्रा सप्ताह–२०२३ उद्घाटन तथा वित्तीय चेतनामुलक कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । गभर्नर अधिकारीले विश्वका अन्य मुलुकहरुमा भन्दा नेपालमा वचत गर्ने भन्दा पनि सबैभन्दा बढी खर्च गर्ने प्रवृति रहेको भन्दै वचतबाट नै आम्दानी बढ्ने प्रष्ट पार्नुभयो । राष्ट्रिय वचतको अनुपात आधारमा हेर्दा वचतको रेट कमजोर रहेको उहाँको भनाइ थियो । त्यस्तै गनर्भर अधिकारीले शेयरमा लगानी गर्नुपनि वचत भएको भन्दै शेयरमा थोरै लगानीले पनि धेरै आम्दानी गर्नसक्ने बताउनु भयो ।

आफ्नो पैसाको योजना बनाउनुहोस्, आफ्नो भविष्य बनाउनुस् भन्ने नारासहित सोमवारदेखि ग्लोवल मनी विक–२०२३ शुरु भएको छ । ग्लोवल मनी विकको यो एघारौं संस्करण हो । नेपाल राष्ट्र बैंकले अभियानको पहिलो दिन उपत्यकास्थित विभिन्न कलेजका सयभन्दा बढी विद्यार्थीको सहभागिता रहेको छ । चैत १२ गतेसम्म सञ्चालन हुने यो अभियानअन्तर्गत नेपाल राष्ट्र बैंकको संयोजनमा मुलुकभर वित्तीय सचेतना अभिवृद्धिमा सहयोग पुग्ने किसिमका कार्यक्रमहरू सञ्चालन हुनेछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);