मुलुकको खस्कँदो अर्थतन्त्रप्रति चिन्ता व्यक्त | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

मुलुकको खस्कँदो अर्थतन्त्रप्रति चिन्ता व्यक्त

काठमाडौं । अर्थविद डाक्टर गोविन्दराज पोखरेलले मुलुकको खस्कँदो अर्थतन्त्रप्रति चिन्ता व्यक्त गर्नुभएको छ ।

सुनसरीको इनरुवामा सञ्चारकर्मीहरु सँगको कुराकानीमा डाक्टर पोखरेलले मुलुकको पछिल्लो अर्थ व्यवस्थाप्रति चिन्ता व्यक्त गर्नुभएको हो । उहाँले विकास खर्चलाई र देशमा तलव खुवाउनका लागि समेत ऋण लिनुपर्ने अवस्था आउने चेतावनी दिनुभयो । दल र नेता स्वार्थ केन्द्रित राजनीतिमा लिप्त हुँदा मुलुकको अर्थतन्त्र बिग्रँदै गएको उहाँले टिप्पणी गर्नुभयो ।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष समेत रहनुभएका डाक्टर पोखरेलले मुलुकको आर्थिक अवस्था खस्किनुको मुल कारण देशको राजनीतिक अस्थिरता रहेको बताउनु भयो । नेताहरुमा गम्भिरता नै नरहेको र सरकार तथा मन्त्रीहरुमा जिम्मेवारी लिने र संरचना सुधारमा लाग्ने हुटहुटी नरहेको दाबी गर्नुभयो ।

अर्थविद् पोखरेलले अर्थतन्त्र सुधारका लागि राजनीतिक स्थायित्वसँगै नियम, कानून फेरबदलको खाँचो रहेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);