न्यायाधीशहरुको कमीले अपेक्षित न्याय सम्पादनको काम हुन नसकेको कायममुकायम प्रधानन्यायाधीश कार्कीको स्पष्टिकरण | ईमाउण्टेन समाचार

Our Network

माघ २१ २०८१, सोमबार

न्यायाधीशहरुको कमीले अपेक्षित न्याय सम्पादनको काम हुन नसकेको कायममुकायम प्रधानन्यायाधीश कार्कीको स्पष्टिकरण

काठमाडौं । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायाधीशहरुको कमीले अपेक्षित न्याय सम्पादनको काम हुन नसकेको स्पष्ट पार्नु भएको छ ।

शुक्रबार ललितपुरमा आयोजित ‘अभिवक्ताको ३० औं परिक्षामा उत्तीर्ण भएका कानुन व्यवसायीहरुको लागि संचालित पूर्वव्यवसायिक आधारभूत तालिम उद्घाटन समारोह’मा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो । न्यायालय सुधारको काममा लागि परेपनि न्यायाधीशको संख्या कमी भएका कारण त्यस कामले गति लिन नसकेको कायममुकायम प्रधानन्यायाधीश कार्कीको भनाई थियो ।

उहाँले मुद्धा बढ्ने तर न्यायाधीशको संख्या कमी हुने स्थितिबाट अदालत गुज्रनु परेपनि आफूहले न्यायमा ढिलाई हुन नदिने र न्यायको गुणस्तर मर्न नदिने कुरामा सचेत रहेर काम गरिरहेको दावी समेत गर्नु भयो । कायममुकायम प्रधानन्यायाधीश कार्कीले न्यायालयको सुधार र निष्पक्ष एवम् गुणस्तरीय न्याय प्रदान गर्ने कुरामा रचनात्मक र सकारात्मक सहयोग गर्न कानुन व्यवसायीहरुलाई पनि आग्रह गर्नु भयो । उहाँले भन्नु भयो, ‘हामी निरन्तर न्यायालय सुधारको काममा लागि रहेका छौं । हामीलाई अहिले मु्द्धाले धेरै जितेको छ । न्यायाधीशको संख्या कम छ । हामीले चाहेर पनि नहुने स्थिति भएको छ । उच्च अदालतमा एक चौंथाई न्यायाधीशहरु पूर्ति गर्न सकिएको स्थिति छैन । सर्वोच्च अदालतमा न्यायाधीशको पद रिक्त छ । यो स्थितिमा अहिले हामी हिँडीरहेका छौं । र, यो न्यायाधीशको कम संख्यामा पनि हामी गुज्रीरहेका छौं । र, मुद्धाको संख्या आज दिनानुदिन बढदै गईरहेको अवस्था छ । तर त्यतिमा अहिले हामीले वास्तवमा अहिले दुईटा कुरालाई । एउटा न्याय ढिला नहोस् भन्ने कुरालाई पनि सजगता अपनाएका छौं । र, न्यायको गुणस्तरीयता नमरोस् भन्ने कुरामा पनि सजगता अपनाएर काम गरिरहेका छौं । वास्तवमा दूरदराजका मान्छेहरुले अदालतमा आउँदै र अनि पालो आएन भनेर फर्किदै जाने स्थितिको अन्त्य गर्नका लागि पेश सूचिलाई अघि बढाउने दिशामा पनि लागि सकेका छौं । अदालतको सुधारका प्रयासहरुलाई र अदालतले निष्पक्ष, गुणस्तरीय न्याय प्रदान गर्ने कुरामा यहाँहरुको एकदमै रचनात्मक र सकारात्मक सहयोग र योगदान रहनेछ भन्ने विश्वास राख्दछु ।’

कायममुकायम प्रधानन्यायाधीश कार्कीले सर्वोच्च अदालतलाई अटोमेशन सिष्टममा लैजान खोजेपनि सोत, साधनको अभावका कारण त्यो कामलाई अघि बढाउन नसकिएको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);