काठमाडौं, २५ फागुन । हन्ड्रेड स्पोर्ट्सको ब्राण्ड एम्बास्डरमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बा नियुक्त भएकी छिन् । बुधबार स्पोर्ट्स म्यानेजमेन्टको कम्पनी हन्ड्रेड स्पोर्टस म्यानेजमेन्ट प्रालीले चार वर्षका लागि एन्जिलालाई ब्राण्ड एम्बास्डर घोषणा गरेको हो ।
हन्ड्रेड स्पोर्टसका संस्थापक रबिन्द्र भाटी र फुटबलर एन्जिलाले औपचारिक एक कार्यक्रमका बीच सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । हन्ड्रेड स्पोर्टसले एन्जिनासँगको सम्झौता अनुसार पहिलो वर्ष मासिक २० हजार, दोस्रो वर्ष मासिक ३० हजार, तेस्रो वर्ष मासिक ४० हजार र चौथो वर्ष मासिक ५० हजार रुपैयाँ रुपैयाँ हन्ड्रेड स्पोर्ट्सले एन्जिलालाई उपलब्ध गराउनेछ ।




