चीनले बनायो बिजुली निकाल्ने सोलार राजमार्ग ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

चीनले बनायो बिजुली निकाल्ने सोलार राजमार्ग !

बेइजिङ । चीनले विश्वकै पहिलो सोलार राजमार्ग बनाएको छ । एक किलोमीटर लामो यो राजमार्गले बिजुली उत्पादन गर्नेछ । चिसो मौसममा पनि यो राजमार्गले यहाँ जम्ने हिउँलाई पनि पगालिदिनेछ ।

यसका अलावा आउने दिनमा यो राजमार्गले विद्युतीय सवारीसाधनको पनि चार्ज गर्नेछ । पुर्वी चीनको शेनडोन्ग प्रान्तको राजधानी जिनानमा बनेको यो राजमार्गको परीक्षणका लागि यातायातका साधन खुल्ला गरिएको छ ।

चीनको सीसीटीभी न्युजका अनुसार सोलर राजमार्ग तीन लेयरमा बनाइएको छ। यसमा ट्र्यासलूसन्ट कं‌क्रिट, सिलिकन प्यानल्स र इन्‍सुलेशनको लेयर रहेका छन् ।

यो राजमार्गबाट एकै वर्षमा १० मिलियन अर्थात १ करोड किलोवाट बिजुली उत्पादन हुनेछ । चिसोको मौसममा यसले जमेको हिउँ पगाल्न स्नो मेल्टिन्ग सिस्टम र सोलर स्ट्रिट लाइटलाई पनि बिजुली आपूर्ति गर्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);