सिंहदरबारको छतबाट एक मेगावाट बिजुली | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सिंहदरबारको छतबाट एक मेगावाट बिजुली

simhadarbar

काठमाडौं, १३ फागुन । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारका छतहरुबाट सोलार(सौर्य उर्जा) मार्फत एक मेगावाट बिजुली उत्पादन भएको छ । २०६७ सालदेखि नै सिंहदरबारका छतहरुबाट सोलारमार्फत विद्युत उत्पादन गर्ने लक्ष्य लिए पनि बल्ल अन्तिम परीक्षण र निरीक्षणसँगै ९ सय ५६ किलोवाट विद्युत उत्पादन भएको हो ।

सिंहदरबार र आसपासमा रहेका २३ मन्त्रालय र विभिन्न सरकारी निकायहरुमा छतछतमा सोलार राखेर उत्पादन भएको बिजुली नेपाल विद्युत प्राधिकरण ग्रीडसँग जोडिएको उर्जा मन्त्रालयका सहसचिव एवं प्रवक्ता दिनेश घिमिरेले जानकारी दिए ।

सोलारबाटै विद्युत आपूर्ति हुन थालेपछि सिंहदरबारमा विद्युत सेवाका लागि सहज भएको उर्जा मन्त्रालयले जनाएको छ । प्राधिकरणको सिंहदरबारमा रहेको ११ केभीको वितरण लाइनमा सिंक्रोनाइज गरिएको छ । आजको कारोबारमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);