जनयुद्ध दिवस र पृथ्वी जयन्तीमा अब हरेक वर्ष विदा हुने | ईमाउण्टेन समाचार

Our Network

चैत २३ २०८२, मंगलबार

जनयुद्ध दिवस र पृथ्वी जयन्तीमा अब हरेक वर्ष विदा हुने

काठमाडौं । सरकारले गत वर्षका सबै बिदा कायमै राख्ने गरी थप २ दिन बिदा थप्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले गत वर्षका सबै बिदा कायमै राख्ने गरी थप २ दिन बिदा थप गर्दै क्यालेन्टरमा उल्लेख गर्न अनुमति दिने निर्णय गरेको हो ।

सरकारले यसवर्ष विदा दिएको पृथ्वी जयन्ती र ‘जनयुद्ध दिवस’ मा अर्को वर्ष पनि बिदा दिने निर्णय गरेको सरकारका प्रवक्त तथा सुचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । ‘पुस २७ गते पृथ्वीजयन्ती र फागुन १ गते जनयुद्ध दिवसको बिदा थप भएको छ,’ मन्त्री शर्माले भन्नुभयो ।

यसवर्ष पनि सरकारले पृथ्वी जयन्ती र ‘जनयुद्ध दिवस’ मा बिदा दिएको थियो।

गृह मन्त्रालयले सार्वजनिक बिदा पुनरावलोकन सम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो ।

Leave a Reply