कुर्मी हत्याको अनुसन्धान गर्ने सहमतिसँगै आन्दोलन स्थगित | ईमाउण्टेन समाचार

Our Network

पुष १५ २०८१, सोमबार

कुर्मी हत्याको अनुसन्धान गर्ने सहमतिसँगै आन्दोलन स्थगित

काठमाडौं, ३ फागुन । बाँके नेपालगञ्जकी निर्मला कुर्मीको न्यायको लागि ४८ दिनदेखि भइरहेको आन्दोलन स्थगित भएको छ । कुर्मीको न्यायको लागि आन्दोलनरत पक्ष र सरकारबीच तीन बुदे सहमति भएसँगै आन्दोलन स्थगित भएको हो । महिला अधिकार मञ्च बाँकेको अगुवाइमा माइतीघर मण्डलामा ४८ दिनदेखि आन्दोलन हुँदै आएको थियो ।

प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्ड, प्रहरी महानिरिक्षक धीरजप्रताप सिंह र गृहमन्त्रालयका सचिव विनोदप्रकाश सिंहसँग वार्ता भएपछि आन्दोलनरत पक्षले स्थगित गर्न सहमत भएका हुन् । आन्दोलनकारीका पक्षबाट अभियन्ता रुबी खान र सरकारको पक्षबाट गृहका सहसचिव जितेन्द्र बस्नेतले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धि जाहेरीसँग सम्बन्धित कसुरको अनुसन्धान गर्नका लागि विशेष अनुसन्धान टोली गठन गरी गहन र विस्तृत अनुसन्धान गर्ने र दोषीमाथि मुद्दा चलाउने सहमति भएको हो ।

सामाजिक अभियन्ता एवं मानव अधिकारकर्मीहरू मोहना अन्सारी, प्रा.डा. गोविन्द केसी, ओमप्रकाश अर्याल, विमल अर्याल, डा. सञ्जीव उप्रेती, गृह मन्त्रालयका उपसचिव दिलकुमार तामाङ, गीता चमार, मनकुमारी गुर्ताल (सकिना तेली), आबदा खातुन दर्जी, सलिमुन निशा बेहना, विजयबाबु सिवाकोटीसहितका अधिकारकर्मीको रोहवरमा सहमति भएको हो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);