क्वात्रा किन नेपाल आए | ईमाउण्टेन समाचार

Our Network

चैत २३ २०८२, मंगलबार

क्वात्रा किन नेपाल आए

काठमाडौं, १ फागुन । भारतका विदेश सचिव विनय मोहन क्वात्रा कम बोल्ने कूटनीतिज्ञका रुपमा परिचित छन् । नेपालमा राजदूतका रुपमा रहँदा पनि उनी निकै कम बोले । सार्वजनि कार्यक्रमहरुमा सहभागिता कमै भयो । तर, उनको पालामा नेपालसँग भारतको सम्बन्ध निकै सुध्रियो ।

क्वात्राले प्रधानमन्त्री कार्यालयमा कार्यरत रहँदै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको समेत विश्वास जितेका थिए । फलस्वरुप उनी महत्वपूर्ण समयमा फ्रान्सका लागि राजदूत बनाइए । त्यहींबाट नेपाल खटाइएर विदेश सचिव बने । कूटनीतिक मामलामा असाध्यै सुझबुझ भएका क्वात्रा यस्तो बेलामा नेपाल आएका छन् जतिबेला यहाँ नयाँ सरकार गठन भएको छ ।

भारतले पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेपछि पहिलोपटक उच्च अधिकारी नेपाल पठाएको छ । उनले प्रचण्डलाई आफ्ना देशका प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको निम्तो समेत दिने चर्चा छ ।

क्वात्रा नेपाल आउँदा राष्ट्रपतिको चुनाव नजिकिदै छ । नेपाल मामलामा चासो राख्ने भारतले यो विषयमा पनि विशेष चासो लिएको चर्चा छ । यही मौकामा क्वात्राको भ्रमण हुनुलाई अर्थपूर्ण मानिएको छ । उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवालगायत मुख्य दलका नेतालाई भेट्ने तय भएको छ ।

 

Leave a Reply