काठमाडौं । नेपालका राष्ट्रिय गौरबका योजनाहरु मध्ये एक रहेको नेपाल आर्ट भिलेजले सल्लाहकार नियुक्त गरेको छ ।
आफ्ना कार्यक्रमहरुलाई थप सबल, प्रभावकारी र परिणाममुखी बनाउनको लागि नेपाल राष्ट्र बैंककापुर्व गवर्नर डा.चिरन्जिवी नेपाल, पुर्व सांसद माधव पौडेल, अर्थविद् डा.चन्द्रमणी अधिकारी र रब्रेन गेन सेन्टर नेपालका प्रथम संयोजक शिक्षाविज्ञ सन्तोष गौतमलाई सल्लाहकारको रुपमा मनोनित गरिएको हो ।
साँस्कृतिक संरक्षण र विकासलाई पर्यटन र दिगो आयसंग जोडेर यो क्षेत्रको बहुआयामिक रुपान्तरणमा योगदान पुर्याउने लक्ष्यका साथ काठमाडौँ उपत्यकाका कलाकारहरुको पहलमा सन् २०१७मा नेपाल आर्ट भिलेजको स्थापना भएको हो । बागमती प्रदेश अन्तर्गत ललितपुर जिल्ला गोदावरी नगरपालिकाको छम्पी र डुकुछाप क्षेत्रमा समुन्द्री सतहदेखि १५०० मि.को उचाईमा ५०० रोपनी क्षेत्रफलमा परियोजना क्षेत्र रहेको छ ।
कम्पनीको नीतिअन्तर्गत परियोजना क्षेत्रलाई सम्पदा क्षेत्र र व्यवसायिक क्षेत्र गरी दुइभागमा बाँडिएको छ । सम्पदा क्षेत्रको मुख्यआकर्षण विश्वकै सबैभन्दा ठूलो पंचधातुले बनेको भैरबको ख्वापा ( मुखाकृति ) हुनेछ जसको उचाई ७२ फिट र चौडाई ५८ फिट रहने छ । भैरबको मुखाकृतिको डिजाइन स्वर्गीय बरिष्ठकलाकार राजकुमार शाक्यर वहांको टिमले गरेको हो ।
सम्पदा क्षेत्रमा परम्परागत कलाका उत्कृष्ट नमुनाहरु प्रतिबिम्बितगर्ने मन्दिरहरु, चैत्यहरु, ढुंगेधाराहरु, कलात्मकपोखरीहरु, बगैचाहरु रहनेछन । सम्पदा क्षेत्रकोअर्को मुख्य आकर्षण “हस्तकलाका विविध विधाका सामाग्रीहरुको उत्पादनको प्रत्यक्ष प्रर्दशन गर्ने जीवन्त संग्रहालय”हुनेछ । यसै गरि परम्परागत कला प्रतिविम्वित हने कम्तीमा २०० वटा कलात्मक घरहरुको कलाग्राम स्थापनागर्ने लक्ष्य लिईएको तथा हस्तकलाका कालिगढ, कलाकार र जनशक्तिउत्पादनगर्ने शैक्षिक केन्द« स्थापनागरि पुरातनकलालाई जिवन्त राख्ने तथा पुस्तान्तरण गर्ने लक्ष्य समेत लिईएको छ ।
नेपालीकला र संस्कृतिको प्रवर्द्न र विश्वव्यापीकरण तथा सम्पदा क्षेत्रमा व्यवसायिक लगानीको लागि संस्थाले राष्ट्रिय अन्तराष्ट्रिय सरकारी र गैह्रसरकारी क्षेत्रसंग आपसी सहयोग र सहकार्यको ढोकाखुल्ला राखेको बताइएको छ ।