पछिल्ला राजनीतिक घटना अस्थिरताको दुष्चक्रमा फस्न लागेको संकेत : डा.भट्टराई | ईमाउण्टेन समाचार

Our Network

असोज १४ २०८१, सोमबार

पछिल्ला राजनीतिक घटना अस्थिरताको दुष्चक्रमा फस्न लागेको संकेत : डा.भट्टराई

काठमाडौं, २७ माघ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले आमचुनावको तीन महिना नपुग्दै देखिएका राजनीतिक घटनाले अस्थीरताको दुष्चक्रमा फस्न लागेको संकेत गर्ने बताएका छन् ।
राष्ट्रपति निर्वाचनले थप कम्पन ल्याउनसक्ने उनको भनाइ छ ।

नाटकीय सरकार निर्माण,रवि लामिछाने प्रकरण,सूदुुरपश्चिम प्रदेश सरकार पतन जस्ता घटनाले देशमा अस्थिरता ल्याउने उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । ‘आमचुनावको तीन महिना नपुग्दै नाटकीय सरकार निर्माण,रवि लामिछाने प्रकरण,सू प प्रदेश सरकार पतन इ.घटनाले देश अर्को अस्थीरताको दुष्चक्रमा फस्नलागेको संकेत गर्छ।’–उनले लेखेका छन् ।

अर्थतन्त्रका कुरा गम्भिर सकंटमा परेको भन्दै पूर्वप्रधानमन्त्री डा.भट्टराईले लेखेका छन्,‘अब पनि द्वन्द कि सहमतिको बाटो?’ ।  हिजो मात्रै माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र नेकपा एमालेको समर्थनमा सूुदूरपश्चिम प्रदेशका मुुख्यमन्त्री बनेका एमालेका राजेन्द्रसिङ राउतले विश्वासको मत लिन नसकेपछि राजीनामा दिएका थिए । सबै भन्दा ठुलो दलको हैसियतले नेपाली कांग्रेस कमलबहादुर शाह मुख्यमन्त्रीमा बिहीबार नै नियुक्त भएका छन् । राउतलाई सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीका सांसदले विश्वासको मत नदिँदा पद गुमेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);