काठमाडौं, ३ माघ । नेपाली कांग्रेसका नेता उद्धव बानियाँले राष्ट्रपतिको निर्वाचनका लागि कांग्रेस र माओवादी केन्द्रविच भद्र सहमति भएको दाबी गर्नु भएको छ । ।
मंगलबार माउन्टेन टेलिभिजनबाट प्रसारण भएको ‘माउन्टेन संवाद’कार्यक्रममा पत्रकार खगेन्द्र विष्टसँग कुरा गर्दै नेता बानियाँले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहालबीच कांग्रेसलाई राष्ट्रपतिको निर्वाचनमा सहयोग गर्ने सहमति भएको बताउनुु भएको हो ।
बानियाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शंका गर्नुलाई स्वभाविक भएको भन्दै राष्ट्रपति निर्वाचन प्रमाणित गर्ने तर्क गर्नु भएको छ ।
अहिले माओवादी बालकोटप्रति निकै सजग भएको र विगतमा एमाले अध्यक्ष ओलीले गरेका क्रियाकलापहरुलाई बुझर पनि माओवादीले कांग्रेसलाई सहयोग गर्ने दाबी गर्नुभएको छ । राष्ट्रपतिको निर्वाचनपछि सत्ता समिकरणमा परिवर्तन आउँने समेत उहाँको भनाइ छ ।