विक्रम पाण्डेले सहरी विकास र प्रधानले पाए कानुन मन्त्रालय | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

विक्रम पाण्डेले सहरी विकास र प्रधानले पाए कानुन मन्त्रालय

काठमाडौं, ३ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीले मन्त्रायलको टुगो लगाएको छ । अध्यक्ष राजेन्द्र लिङदेनसँगै धु्रवबहादुर प्रधान र विक्रम पाण्डे मन्त्री बन्दैछन् ।

सत्तागठबन्धनको भागवण्डा अनुसार राप्रपाले तीन मन्त्री र एक राज्यमन्त्री पाएको छ । अध्यक्ष लिङदेनले उपप्रधानसहित उर्जामन्त्रीसहित पार्टीको तर्फबाट सरकारमा नेतृत्व सम्हाल्नेछन् ।

लिङदेनले उपाध्यक्ष पाण्डेलाई सहरी विकास र प्रधानलाई कानुनमन्त्री बनाउने भएका छन् । अर्कै मन्त्रालयबारे चर्चा चलेपनि अहिले मन्त्रालय साटफेर भएको हो । राप्रपाले युवा तथा खेलकुद छाडेर कानुन लिएको छ । राज्यमन्त्रीमा दीपक सिंहले पाउने स्रोतले जनाएको छ ।

राप्रपाबाट प्रतिनिधि सभामा १४ जना सांसद छन्। राप्रपाले प्रत्यक्ष चुनाव जितेकाहरूलाई मन्त्री बनाउन लागेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद विस्तार गर्दैछन्। दिउँसो १ बजे नयाँ मन्त्रीहरूलाई राष्ट्रपतिले शपथ खुवाउने कार्यक्रम छ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);