छलफल र सल्लाहा नगरी पार्टीले मेरो उमेदवारी फिर्ता लियो बानियाँ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

छलफल र सल्लाहा नगरी पार्टीले मेरो उमेदवारी फिर्ता लियो बानियाँ

काठमाडौं । म्याग्दीको बेनी नगरपालिकामा नेपाली कांग्रसबाट उप–प्रमुख पदमा उमेदवारी दिएकी अमृतादेवी बानियाँले आफुसंग कुनै छलफल र सल्लाह नगरी पार्टीले एक्लौटी निर्णय गरेर आफ्नो उमेदवारी फिर्ता गरेको अरोप लगाएकी छिन् । बैशाख ३० गते हुन लागिरहेको स्थानिय तह निर्वाचनमा निर्वाचन अयोगले बैशाख ११ र १२ गते उम्मेदवारहरुले मनोनयन गर्न गरेको आग्रहअनुसार कांग्रेसबाट टिकट पाएकी बानियाँले बेनी नगरपालिकाको उप–प्रमुख पदमा उम्मेदवारी दर्ता गराएकी थिईन् ।

बानियाँले उम्मेदवारी दर्ता गरेर गाउँगाउँमा भोट माग्न व्यस्त भएको बेलामा उननी संग कुनै छलफल तथा सहमति बिना शुक्रबार नेपाली कांग्रेस म्याग्दीका सभापति खम्मबहादुर गर्बुजा (खम्बिर) र सचिव भरत रकालले बेनी नगरपालिकामा सत्तारुढदलले गठबन्धन गर्ने निर्णय भएको र नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले हस्ताक्षर गरेको पत्र सहित निर्वाचन अयोगको कार्यालयमा पुगेर पार्टीको निर्णय भन्दै उनको उम्मेदवारी फिर्ता गरेका थिए । म संग कुनै पनि छलफल तथा सल्लाह नगरी पार्टीले एक्लौटी रुपमा निर्णय गरेर म माथि अन्याय गरेको छ । उनले ईमाउण्टेन टिभि अनलाईनका समाचार सम्पादक सन्दिप शर्मा संग कुरा गर्दै भनिन् ।

पहिला जिल्लामा कुनै पनि पालिकामा सत्तारुढ दलको गठबन्धन नगर्ने भन्दै पार्टीले मलाई टिकट दिएको थियो तर पछाडि रातरात बेनी नरपालिकामा मात्रै गठबन्धन गर्ने भन्दै मेरो उम्मेदवारी फिर्ता लिएको भन्ने सुनेको छु, मलाई एकपटक पनि खबर नगरी, म संग एकपटक पनि सल्लाह नगरी पार्टी भित्र गुटगतरुपमा जुन निर्णय भएको छ, यो राम्रो कुरा होइन यसले पार्टीलाई नै असर गर्छ उनले भनिन् । म पार्टी भित्र शेखर कोइरला पक्षको भएकाले संस्थापन पक्षकाले गुटबन्धि गरेर आफु माथि अन्याय गरेको उनको भनाई रहेको छ ।

लामो समय पार्टीको लागि योग्दान गरेको छु । महिला, बालबालिका तथा पिछडिएका बर्गको क्षेत्रमा मैले ४६/४७ साल देखि नै बहस पैरवी गर्दै आएको छु । महिला आरक्षण्का लागि समेत अन्दोल गर्दै केन्द्रीय तह सम्म पुगेको छु । हामिहरु लढेर नै महिला आरक्षणको व्यवस्था ल्याएका हौं । निर्वाचनमा कुनै पनि दलले महिलाई प्रमुख वा उप–प्रमुख मध्य एक पदमा अनिवार्य उम्मेदवारको टिकट दिनुपर्ने भनेर संविधानमा नै महिलाको सिट सुनिश्चितता गरेको छ । तर म आफै रहेको दलले नै म महिला भएको कारण नै म माथि अन्याय गरेको छ । कित प्रमुख पदमा महिलालाई नै टिकट दिनु पर्ने थियो, नत्र भने अधिकारले पाएको उप–प्रमुख पदमा मलाई पार्टीले पछाडि सारेर मओवादीलाई टिकट सुम्पिएको छ । पार्टीमा योग्दान गर्ने महिलालाई पार्टीले कुन भुमिकामा राखेको छ यहिबाट प्रष्ट हुन्छ बानियाँले भनिन् ।

२२/२३ बर्षको उमेर हुदाँ २०५४ सालमा भएको स्थानिय निकाएको चुनावमा तात्कालिन अर्थुङ्गे गाबिसमा म कांग्रेसबाट नै चुनाव लडेर नै महिला सदस्यमा निर्वाचित भएको थिए । त्यस पछि २०७४ सालमा मात्रै स्थानिय तहको निर्वाचन भयो, २०७४ सालमा पनि कांग्रेसले बेनी नगरपालिकामा माओवादी संग तालमेल गरेर प्रमुख आफुले लियो उप–व्रमुख माओवादी लाई नै दियो । मैले त्यो बेला पनि भनेको थिए पार्टीले प्रमुख पदमा कि महिलालाई उठाउनु पर्ने थियो होइन भने संविधानमा नै व्यवस्था भएको एक पदमा महिला उम्मेदवार अनिवार्य गरेको अधिकार पाटी भित्रै मिचियो, हामि जस्ता महिलालाई पछाडि पार्ने काम भयो उनले भनिन् ।

बानियाँ सहित कांग्रसमा उप–प्रमुख पदमा बाँकी तिन जना महिलाहरु, नेविसंघ म्याग्दी बहुमुखी क्याम्पसकी सभापति सुजता खत्री, नेपाल महिला संघ म्याग्दीकी उपाध्यक्ष निर्मला श्रेष्ठ र नेपाल महिला संघ बेनी नगरपालिका सभापति संगिता श्रेष्ठले उम्मेदवार बन्न पार्टी भित्र दावि पेश गरेका थिए । तर टिकटको लागि भएको छलफलमा बानियाँलाई कांग्रेसबाट उप–प्रमुख बनाउने सहमति जुटेको थियो । म पार्टीबाट बेनी नगरपालिकामा उप–प्रमुखको उम्मेदवार हुदाँ केही नेतालाई मन नपरेको हो भने अन्य बाँकि तिन महिलाबाट जसलाई टिकट दिएको भए पनि हुने थियो, गठबन्धनका नाममा गुटको राजनिती गर्दै मेरै उम्मेदवारी फिर्ता गर्नु भनेको सक्षम महिलालाई पछाडि राख्न खोज्नु हो बानियाँले भनिन् । नेपाली कांग्रस गण्डकी प्रदेश समितीको सदस्य समेत रहेकी बानियाँ म्याग्दी जिल्लामा सामाजिक अभियान्ताका रुपमा समेत काम गर्दै आएकी छिन् । उनले जिल्लामा विभिन्न संस्थाहरुको स्थापना गरी महिला, बालबालिका तथा पछाडि परेको समुदायको क्षेत्रमा बहस तथा पैरवी सञ्चालन गरिरहेकी छिन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);