सुदूरपश्चिम प्रदेश कांग्रेस दलको नेतामा शाह | ईमाउण्टेन समाचार

Our Network

मंसिर १४ २०८१, शुक्रबार

सुदूरपश्चिम प्रदेश कांग्रेस दलको नेतामा शाह

काठमाडौं । नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेतामा कमलबहादुर शाह निर्वाचित भएका छन् । चुनावी प्रक्रियामा शाहको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।

शाह कैलाली–२ (क)बाट गत मंसिर ४ गते भएको निर्वाचनमा निर्वाचित भएका थिए । दलको नेताका लागि बहादुर सिंह, दिवानसिंह विष्ट, मानबहादुर रावल, शिवराज भट्ट, प्रकाशबहादुर देउवा र मेघराज खड्काले आकांक्षा देखाएका थिए ।

सो प्रदेशा कांग्रेस सबैभन्दा ठुलो दल हो । कांग्रेसले १९ सिटमा जित हासिल गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);