सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलको संख्या ६ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८१, सोमबार

सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलको संख्या ६ पुग्यो

धनगढी । सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलको संख्या ६ पुगेको छ ।

सुदूरपश्चिम प्रदेशसभामा ०७४ मंसिरमा सम्पन्न प्रदेशसभा निर्वाचनका क्रममा चार दल (एमाले, माओवादी केन्द्र, नेपाली कांग्रेस र राजपा) को प्रतिनिधित्व थियो । एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेसँगै प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलको संख्या तीनमात्रै थियो ।

सर्वोच्च अदालतले नेकपा खारेज गरेसँगै फेरि चार दलको प्रतिनिधित्व रहेको प्रदेशसभामा एमाले र जसपा फुटेपछि दलको संख्या ६ पुगेको हो ।

हाल प्रदेशसभामा नेकपा एकीकृत समाजवादी पार्टी, माओवादी केन्द्र, नेपाली कांग्रेस, एमाले, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीको प्रतिनिधित्व रहेको छ ।

५२ सदस्यीय प्रदेशसभामा नेकपा ९एस० का १४, माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२, एमालेका ११ तथा जसपा र लोसपाका एक-एकजना प्रदेशसभा सदस्य छन् ।

एमालेबाट निर्वाचित अर्जुनबहादुर सिंह सभामुख छन् भने माओवादीबाट एमाले प्रवेश गरेका पूर्वअर्थमन्त्री झपड बोहरा कारबाहीमा परेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);