काठमाडौं, ४ पुस । नेकपा (एकीकृत समाजवादी)को आज संसदीय दलको बैठक बस्ने भएको छ ।
आज केन्द्रीय सचिवालयमा बस्ने बैठकले दलको नेता चयन गर्नेबारे छलफल गर्ने जनाइएको छ ।
दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल सर्वसम्मत चयन हुने निश्चित प्राय भएको छ ।
बैठकले सत्तागठबन्धनमा रहेका दलहरुसँग छलफल अगाडी बढाउने निर्णय गर्ने पनि स्रोतले जनाएको छ ।