काठमाडौँ पौष ०३ \ माउन्टेन टेलिभिजन एचडि। श्रम अदालत गठन भएयता निजी क्षेत्रमा कार्यरत श्रमिकले कुनैपनि प्रकारको शोषणविरुद्ध पृथक अदालती अभ्यास गर्न थालेका छन् । विशेषगरी तलब तथा पारिश्रमिक विषयका अलावा रोजगारदाताले रोजगार अन्त्य गरेको विषयमा मुद्दा बढी आउने गरेको श्रम अदालतले जनाएको छ। श्रम अदालतका अनुसार यो आर्थिक वर्षको मंसिर २८ सम्म २५५ श्रमसम्बन्धी मुद्दा रहेकोमा १४३ वटा फछ्र्यौट भएको छ। ११२ मुद्दा अझै बाँकी छन् । २०७९ को मंसिरसम्मको तथ्यांक हेर्दा , असारमा ९१ वटा मुद्दाको फैसला भएको थियो ।
गत आर्थिक वर्षमा ३९७ मुद्दा फछ्र्यौट भएकोमा २०४ वटा बाँकी रहन गएको श्रम अदालतले जनाएको छ ।
श्रम अदालतको कार्य महत्वपूर्ण छ। तर, अदालत आफै बेवास्तामा परेको छ। उसको आफ्नै भवन समेत छैन ।
श्रम अदालतले रोजगार अन्त्य गर्ने गरी रोजगारदाताले गरेको कुनै निर्णय वा खराब आचरणका सम्बन्धमा सजाय दिने गरी गरेको निर्णय उपरसमेत पुनरावेदन सुनी विवादको किनारा गर्दै आएको जनाएको छ। यस उपरको फैसला चित्त नबुझे सर्वोच्च अदालत जान सकिने व्यवस्था छ। श्रम सम्वन्धी न्यायिक विवादहरू सुनुवाई गर्न श्रम ऐन, २०४८ तथा श्रम अदालत कार्यविधि नियमावली २०५२ बमोजिम श्रम अदालत २९ असोज २०७७ मा तीन सदस्यीय श्रम अदालत गठन भएको हो। यही अदालतबाट श्रम सम्वन्धी विवादको सुनुवाई गरी न्याय सम्पादन हुँदै आएको छ।