विशेष अदालतद्वारा आर्थिक वर्षको लक्ष्यभन्दा बढी मुद्दा फछ्र्यौट | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

विशेष अदालतद्वारा आर्थिक वर्षको लक्ष्यभन्दा बढी मुद्दा फछ्र्यौट

bishes adhalat

काठमाडौं,२ फागुन । विशेष अदालतले आर्थिक वर्षको लक्ष्यभन्दा बढी मुद्दा फछ्र्यौट गरेको छ । बिहीवार अदालतले पत्रकार सम्मेलनमार्फत पछिल्लो ८ महिनामा गरेको प्रगति विवरण सार्वजनिक गर्दै आर्थिक वर्षको लक्ष्यभन्दा बढी मुद्दा फछ्र्यौट गरेको बताएको हो । पत्रकार सम्मेलनमा बोल्दै विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले फागुन मसान्तसम्मको अवधिमा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्यौट गरेको बताउनु भयो ।

उहाँले अदालतमा अघिल्लो वर्षबाट जिम्मेवारी सरी आएका ३५९ थान मुद्दा र यस आर्थिक वर्षमा दर्ता भएका १२७ गरी ४८६ थान मुद्दामध्ये ३२७ थान मुद्दा फछ्र्यौट गरेको बताउनु भयो । उहाँले कुल मुद्दाको संख्या हेर्दा हालसम्मको अवधिमा ६७.२८ प्रतिशत रहेको पनि बताउनु भयो । उहाँले यस आर्थिक वर्षको अन्त्यसम्ममा पुराना सबै मुद्दा र नयाँ दर्ता भएकामध्ये ५० प्रतिशत मुद्दा फछ्र्यौट गर्ने लक्ष्य रहेको बताउनु भयो । उहाँले अहिलेकै गतिमा काम गर्दै जाँदा अदालतको लक्ष्य ११७ थान दुई वर्ष नागेका मुद्दा अहिले १६ थान मात्रै बाँकी रहेको भन्दै असारसम्म लक्ष्य पूरा गर्ने बताउनु भयो । उहाँले लक्ष्य अनुसारका मुद्दाहरु फछ्र्यौट गर्नको लागि व्यवस्थापनमा परिवर्तन ल्याएको बताउनु भयो । उहाँले विशेष अदालतमा फागुन मसान्तसम्म कुल १५९ थान मुद्दा बाँकी रहेको र यस आर्थिक वर्षको अन्त्यसम्ममा नयाँ र पुरानो सबै गर्दा लगतमा कुल ५२७ थान पुग्ने अनुमान गरिएको बताउनु भयो । उहाँले आर्थिक वर्षको अन्त्यसम्ममा ४४३ थान मुद्दा फछ्र्यौट गर्ने लक्ष्य लिइएकोमा आर्थिक वर्षको अन्त्यसम्ममा लक्ष्यभन्दा बढी मुद्दा फैसला हुनेगरी काम भइरहेको प्रवक्ता कार्कीले बताउनु भयो ।

विशेष अदालतका प्रवक्ता कार्कीले अदालत हुने सुनुवाइको प्रत्यक्ष प्रशारण (लाइभ स्ट्रिमिङ) गर्ने तयारी गरेको बताउनु भयो । उहाँले भ्रष्टाचार, गैरकानूनी सम्पती आर्जन, सम्पती शुद्धीकरण लगायतका मुद्दाको सुनुवाइ गर्ने विशेष अदालतले आफ्नो सुनुवाइलाई प्रत्यक्ष प्रसारण गर्ने तयारी गरेको उल्लेख गर्नु भयो । उहाँले सुनुवाइको प्रत्यक्ष प्रशारणको लागि सर्वोच्च अदालतबाट अनुमति पाइसकेको र केही दिनमै प्रत्यक्ष प्रशारणको शुरुवात गर्ने तयारी भइरहेको बताउनु भयो । उहाँले विशेष अदालतले सुनुवाइको प्रत्यक्ष प्रशारण गर्ने मात्रै नभई अदालतलाई स्मार्ट कोर्ट बनाउने, भर्चुअल हियरिङ अर्थात अन्यत्रबाटै पनि अनलाइनमार्फत बहस गर्न पाउने, अनलाइनबाटै वकपत्र गर्ने काम गरिरहेको प्रवक्ता कार्कीले बताउनु भयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);