रवि लामिछानेमाथि गगन थापाको साँठगाँठको आरोप लगाउँदै काँग्रेस नेता मोहन बस्नेतले भन्नुभयोः अनुसन्धान बढेर कारबाही समेत हुनसक्छ (भिडियोअन्तर्वार्ता) | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८३, मंगलबार

रवि लामिछानेमाथि गगन थापाको साँठगाँठको आरोप लगाउँदै काँग्रेस नेता मोहन बस्नेतले भन्नुभयोः अनुसन्धान बढेर कारबाही समेत हुनसक्छ (भिडियोअन्तर्वार्ता)

काठमाडौं, २४ मंसिर। नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा नवानिर्वाचित सांसद मोहन बहादुर बस्नेतले आफ्नै दलका महामन्त्री गगन थापामाथि रवि लामिछानेसँग साँठगाँठको आरोप लगाउनुभएको छ। उहाँले थापामाथि पार्टीले साँठगाँठमा अनुसन्धान बढाउने बताउनुभयो।

माउण्टेन टेलिभिजनको माउण्टेन संवादमा नेता बस्नेतले गगन थापालाई अवसरवादीको आरोप लगाउनुभयो । थापा कुनै हालतमा प्रधानमन्त्री बन्न नसक्ने ठोकुवा गर्नुभयो । चुनाव जित्नका लागि गगन थापाले प्रधानमन्त्री बन्छु भन्दै हिंडेको उहाँको तर्क थियो।

प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा फेरि प्रधानमन्त्री बन्ने उहाँको दाबी छ। देउवाको पक्षमा बहुमत भएकाले संसदीयको दलको चुनाव उहाँले सजिलै जित्ने र फेरि पनि देशको प्रधानमन्त्री बन्ने ठोकुवा गर्नुभयो।

Leave a Reply