भारतिय नम्वर प्लेटका सवारी साधनमा रोक, ४ सवारी साधनमा आगजनी र तोडफोड | ईमाउण्टेन समाचार

Our Network

माघ १६ २०८१, बुधवार

भारतिय नम्वर प्लेटका सवारी साधनमा रोक, ४ सवारी साधनमा आगजनी र तोडफोड

पुष्कर भट्ट कञ्चनपुर, फागुन २७ ।
कञ्चनपुरमा भारतीय नम्वर प्लेटका सवारी साधनमा रोक लगाएको छ । जिल्लामा असहज परिस्थीती सिर्जना हुदा दैनीक रुपमा सिमावर्ती भारतिय शहरवजार वाट आउने भारतिय नम्वरप्लेटका सवै प्रकारका सवारी साधनमा प्रहरी प्रशासनले रोक लगाएको छ । सिमानाका गड्डाचौकी, दोधारा चादनी, ब्रह्मदेव, वेलौरी, पुर्नवास लगायतका सिमानाका हरुवाट सवारी साधन आवागमनमा रोक लगाएएको छ

भारतिय नम्वर प्लेटका सवारी साधनमा रोक

पुष्कर भट्ट कञ्चनपुर, फागुन २७ ।
कञ्चनपुरमा भारतीय नम्वर प्लेटका सवारी साधनमा रोक लगाएको छ । जिल्लामा असहज परिस्थीती सिर्जना हुदा दैनीक रुपमा सिमावर्ती भारतिय शहरवजार वाट आउने भारतिय  नम्वरप्लेटका सवै प्रकारका सवारी साधनमा प्रहरी प्रशासनले रोक लगाएको छ । सिमानाका गड्डाचौकी, दोधारा चादनी, ब्रह्मदेव, वेलौरी, पुर्नवास लगायतका सिमानाका हरुवाट सवारी साधन आवागमनमा रोक लगाएएको छ

विहिवार कञ्चनपुरको पुर्नवास नगरपालिका ८ को सिमावर्ती क्षेत्र आनन्द वजारमा कलभर्टको विषय लाई लिएर स्थानिय ले गरेको प्रदर्शनमा भारतिय सिमा सुरक्ष वल ले हानेको गोलि वाट एकजना युवकको मृत्यु भएको थियो । सोहि घटनालाई लिई आक्रोसित भएका विभिन्न दल तथा उनका  भातृसंगठनले विहिवार साझ भारत विरुद्ध विरोध र्यालि समेत निकालेका थिए भने भारतिय नम्वरप्लेटका ४ वटा सवारीसाधन माथि तोडफोड गरीएको थियो पुर्नबास मा १ टेक्टर मा आगजनी र महेन्द्रनगर बजार क्षेत्रमा २ मोटर साईकलमा आगजनी समेत गरेका थिए । आगजनी वाट उक्त मोटरसाईकल पुर्ण रुपमा नष्ट भएका छन ।

 उता भारतिय बजार बनवासा म म१प ४१०९ नम्वरको मोटरसाईकल र २ अरु मोटरसाईकल लाई भारतिय पक्षले तोडफोड गरेको छ भने  सिमाक्षेत्रवाट भारतिय क्षेत्रमा नेपाली सवारीसाधनलाई समेत नजान प्रहरीले आग्रह गरेको छ ।

विहिवार भएको घटना बिषयलाई लिएर नेपाली पक्षहरु आक्रोसित भई बिभिन्न कामको सिलसिलमा नेपालमा रहेका भारतीय व्यक्तिहरु तथा सवारी साधनहरुमा आक्रमण हुन सक्ने भएको हुदा अवस्था समान्य नहुन्जेल सम्म का लागी भारतिय नम्वर प्लेटका सवारी साधनमा रोक लगाएको कञ्चनपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक नैन सिंह कार्कीले जानकारी दिनुभएको छ ।

सोही विषयलाई लिएर आज कञ्चनपुर बन्दको आह्वान समेत गरीएको छ भने बन्दका कारण महेन्द्रनगरवाट चल्ने यात्रुवाहक कुनै पनी सवारी साधनहरु चल्न सकेका छैनन ।सयौ यात्रु हरु बसपार्कमै अलपत्र परेका छन । महेन्द्रनगर,झलारी,दैजी,बेलौरी का बजार समेत पुर्ण रुपमा बन्द गरीएका छन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);