उत्तर कोरियाको लक्ष्य विश्वको बलियो आणविक शक्ति प्राप्त गर्नु होः किम जोङ उन | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८३, बुधवार

उत्तर कोरियाको लक्ष्य विश्वको बलियो आणविक शक्ति प्राप्त गर्नु होः किम जोङ उन

प्योङयाङ। उत्तर कोरियाली नेता किम जोङ उनले प्योङयाङको अन्तिम लक्ष्य आणविक रुपमा विश्वको सबैभन्दा शक्तिसम्पन्न देश हुनु रहेको बताएका छन् । उत्तर कोरियाको सबैभन्दा ठूलो ब्यालेस्टिक मिसाइलको हालै प्रक्षेपणमा संलग्न दर्जनौं सैन्य अधिकारीहरूलाई पदोन्नति गर्ने क्रममा किमले सो टिप्पणी गरेको उत्तर कोरियाली सञ्चार माध्यमहरूले टिप्पणी गरेका छन् ।

‘उत्तर कोरियाको अन्तिम लक्ष्य विश्वको सबैभन्दा शक्तिशाली रणनीतिक शक्ति बन्नु हो’, किभले भने । उत्तर कोरियाली वैज्ञानिकहरूले बैलिस्टिक मिसाइलहरूमाथि परमाणु लगाउने प्रविधिको विकासमा एक अद्भुत छलाङ मारेको उनले बताए । तर, त्यसबारे उनले विस्तृत जानकारी भने दिएनन् ।

Leave a Reply

ताजा समाचार