सिरहामा दुई थान बेवारिसे भरुवा बन्दुक बरामद | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८२, आइतबार

सिरहामा दुई थान बेवारिसे भरुवा बन्दुक बरामद

सिरहा। सिरहाको मिर्चैया नगरपालिकाको जंगल क्षेत्रमा पर्ने कमल दह नजिक धुर्मी खोला किनारमा प्रहरीले दुई थान भरुवा बन्दुक बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता तथा प्रहरी नायब निरीक्षक सुवाष बुढाथोकीका अनुसार हातहतियार बोकेर केही मानिस घुमिरहेको भन्ने सूचनाका आधारमा सादा पोसाकमा खटिएको प्रहरी टोलीले सिरहाको मिर्चैया ९ बाट आज दिउँसो दुई थान भरुवा बन्दुक बरामद गरेको हो ।

इलाका प्रहरी कार्यलय मिर्चैयाबाट सादा पोसाकमा खटाएको प्रहरी टोलीले बन्दुक बोक्नेहरूलाई फेला पार्न नसकेको जनाएको छ ।

Leave a Reply