सप्तरी घटनामा अमेरिकी चासो | ईमाउण्टेन समाचार

Our Network

पुष ५ २०८१, शुक्रबार

सप्तरी घटनामा अमेरिकी चासो

२४ फाल्गुन, काठमाडौं । अमेरिकाले सप्तरी घटना प्रति चिन्ता व्यक्त गरेको छ ।

सप्तरी घटनामा अमेरिकी चासो

२४ फाल्गुन, काठमाडौं । अमेरिकाले सप्तरी घटना प्रति चिन्ता व्यक्त गरेको छ ।

नेपाल स्थित अमेरिकी दुतावसवाले विज्ञप्ती जारी गर्दै तीन जनाको मृत्यु हुनेगरी सोमबार सप्तरीमा भएको घटना प्रति चिन्ता व्यक्त गरेको हो । विज्ञप्तीमा सुरक्षा निकायलाई संयमता अपनाउन र आन्दोलनरत दलहरूलाई हिंसात्मक गतिविधि नगर्न आग्रह गरिएको छ । मंगलवार जारी बिज्ञप्तिमा राजनीतिक विचार शान्तिपूर्ण रूपमा व्यक्त गर्ने हक समावेशी लोकतन्त्रको मूल अङ्ग भएको भन्दै त्यसमा हिंसाले स्थान पाउनु नहुने उल्लेख गरिएको छ । 

बिज्ञप्तिमा नेपाली जनता र नेपाल सरकार ऐतिहासिक स्थानीय निर्वाचनको तयारीमा जुटिरहेको देख्न पाउँदा अमेरिका उत्साहित भएको उल्लेख छ  । त्यस्तै अमेरिका सबै नेपालीहरूसँग सहकार्य गर्न प्रतिबद्ध रहेको जनाइएको छ ।

सोमवार एमालेको मेची महाकाली अभियान अन्र्तगत सप्तीरीको राजविराजमा भएको सभाको क्रममा मधेसी मोर्चाको कार्यकर्ताले अवरोध गर्न खोज्दा भएको झडपमा ३ जना प्रदर्शनकारीको मृत्यु भएको थियो । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);