लद्दाख हिंसात्मक झडपप्रति राष्ट्र संघद्वारा चिन्ता व्यक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

लद्दाख हिंसात्मक झडपप्रति राष्ट्र संघद्वारा चिन्ता व्यक्त

indian soldiers

काठमाडौं, ३ असार । संयुक्त राष्ट्र संघले भारतीय र चिनियाँ सेनाबीच लद्दाख क्षेत्रमा भएको हिंसात्मक झडपप्रति चिन्ता व्यक्त गरेको छ । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसका तर्फबाट सहप्रवक्ता एरी कानेकोद्वारा जारी विज्ञप्तिमा घटनाप्रति चिन्ता व्यक्त गदै भारत र चीन दुवैलाई अधिकतम संयम अपनाउन आग्रह गरिएको छ ।

लाइन अफ कन्ट्रोलमा भएका हिंसात्मक झडप र मृत्युका खबरप्रति चिन्तित रहेको भन्दै भारत तथा चीनलाई अधिकतम संयम अपनाउन आग्रह गरिएको राष्ट्रसंघको विज्ञप्तिमा उल्लेख छ । साथै राष्ट्रसंघले दुई देशबीच तनाव कम गर्न प्रयास सुरु हुनुलाई सकारात्मक रुपमा लिएको समेत बताएको छ ।

पूर्व लद्दाखको गलवन उपत्यकामा भएको झडपमा बीस भारतीय सैनिकको मृत्यु भएको छ । चिनियाँ पक्षतर्फ भएको हताहतको अझै विवरण अझै आएको छैन । भारतीय पक्षले चीनतर्फ पनि ठूलो क्षति भएको दाबी गरेको छ ।

घटनालाई लिएर भारत र चीन दुवैले एकअर्कालाई दोषारोपण गरेका छन् । एसियाका दुई ठूला आणविक मुलुकबीच यो स्तरको हिंसात्मक झडप विगत ४५ वर्षकै पहिलो मानिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);