एसीसी यु–१६ क्रिकेट: नेपालद्वारा थाइल्याण्ड सामु १८० रनको लक्ष्य प्रस्तुत | ईमाउण्टेन समाचार

Our Network

असोज ६ २०८३, बुधवार

काठमाडौँ, २५ मंसिर। एसीसी यु–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले घरेलु टोली थाइल्याण्ड समक्ष १ सय ८० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

बैंककको ट्रेडथाई क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको रित गौतमले कप्तानी समालेका नेपाली टोलीले ३४ ओभर ३ बलमा अलआउट हुँदै १सय ७९ रन जोड्न सफल भएको हो। नेपालका लागि तृतराज दासले ३९ सर्वाधिक रन बनाए भने कुशल मल्लले २४ तथा सुनिल भण्डारीले २३ रन बनाए।

त्यस्तै नेपालका राजन मगरले १७, कप्तान रित गौतमले १६ रन बनाउँदा प्रतिष जीशीले १२ रन बनाए । थाइल्याण्डका कोकिअट चाटवोङले ३ तथा चिरापोङ र कोङकिडाकोनले समान दुई दुई विकेट लिए ।