पोलियो थोपा खुवाउन अबरोध गर्नेलाई कारबाही, आज यी स्थानमा खुवाईंदैछ पोलियो | ईमाउण्टेन समाचार

Our Network

जेठ ६ २०८१, आइतबार

पोलियो थोपा खुवाउन अबरोध गर्नेलाई कारबाही, आज यी स्थानमा खुवाईंदैछ पोलियो

काठमाडौं उपत्यकासहित तराईका १२ जिल्लामा आज पनि बालबालिकालाई पोलियो थोपा खुवाइने, कार्यक्रम अबरोध गर्ने कर्मचारीलाई स्वास्थ्य मन्त्रालयद्वारा कारबाही

पोलियो थोपा खुवाउन अबरोध गर्नेलाई कारबाही

काठमाडौं । काठमाडौं उपत्यकासहित तराईका १२ जिल्लामा आज पनि पोलियो थोपा खुवाउने कार्यक्रम छ ।

स्वास्थ्यकर्मीको अवरोधका कारण पोलियो थोपा खुवाउन अभिभावकमा अन्यौलता छाएकाले केही दिन लम्बाएर खुवाउन लागिएको हो ।

उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरसहित तराईका कैलाली, बर्दिया, बाँके, कपिलवस्तु, पर्सा, बारा, रौतहट, धनुषा, महोत्तरी, सप्तरी, सिरहा र सुनसरीका ५ वर्षसम्मका १६ लाख २८ हजार बालबालिकालाई पोलियो थोपा खुवाउने लक्ष्य लिएको छ ।

सबै बालबालिकालाई पोलियो थोपा नखुवाएसम्म अभियान सञ्चालन गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो अभियानमा अबरोध गर्न खोज्ने स्वास्थ्यकर्मीको सूचि बनाई कारबाही गरिने मन्त्रालयले जनाएको छ ।

सोमबार पनि अभियान चल्ने सबै जिल्लामा अवरोध भए÷नभएको बारे अनुगमन हुने र अवरोध गर्नेलाई कारबाही गर्ने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आइतबार १८ जना स्वास्थयकर्मीलाई निलम्बन गरेको थियो । यस्तै मन्त्रालयले ढुक्क भएर आफ्ना बालबालिकालाई पोलियो थोपा खुवाउन अभिभावकलाई आग्रह पनि गरेको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);