आफ्नै घरमा काम गर्ने किशाेरीमाथि बलात्कार आरोपमा एक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

भदौ ५ २०८३, शनिबार

आफ्नै घरमा काम गर्ने किशाेरीमाथि बलात्कार आरोपमा एक पक्राउ

भक्तपुर। आफ्नै घरमा काम गर्ने महिलामाथि बलात्कार गरेको आरोपमा भक्तपुर प्रहरीले बुधबार एक जनालाई पक्राउ गरेको छ । बैतडी सिगास गाँउपालिका-५ घर भई भक्तपुरको मध्यपुर थिमि नगरपालिका-९ बोडे बस्ने ४९ वर्षीय टेकबहादुर चन्दलालाई बलात्कार आराेपमा प्रहरीले  प्रक्राउ गरेकाे हाे ।आफ्नै घरमा काम गर्ने १९ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा उनलाई पक्राउ गरेको परिसरका सूचना अधिकृत राजु पाण्डेले बताए ।

प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले उनलाई प्रक्राउ गरेको उनले जनाए । पक्राउ परेका चन्दमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।

Leave a Reply