काठमाडौं। तामाकोसी नदीमा पौडी खेल्ने क्रममा डुबेर रामेछापका एक युवकको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार खाँडादेवी गाउँपालिका–४ पुछिघाटका १९ वर्षीय रामकुमार माझीको डुबेर ज्यान गएको हो।
माझी हिजो दिउँसो मन्थली नगरपालिका–७ ओडारेस्थित तामाकोसी नदीमा पौडी खेल्ने क्रममा डुबेका थिए । उनको शव पोष्टमार्टमका निम्ति जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।