वामगठबन्धनले लोकतन्त्र भत्काउन खोजेको देउवाको आरोप | ईमाउण्टेन समाचार

Our Network

असोज २५ २०८३, सोमबार

डडेल्धुरा, १८ मंसिर। प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली जनताले सात दशक देखि संघर्ष गरेर ल्याएको लोकतन्त्र र त्यसलाई संस्थागत गरेको समावेशी संविधानको खिलाप जानको लागि वाम गठबन्धन गरिएको आरोप लगाएका छन्।

डडेल्धुराको विभिन्न क्षेत्रमा भएका चुनावी सभालाई सम्बोधन गर्ने क्रममा वामगठबन्धन संविधानको विपरित् रहेको उल्लेख गर्दे नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले वाम गठबन्धनले कांग्रेस एवम् जनताले दुःखले ल्याएको लोकतन्त्रलाई भत्काउन खोजेको आरोप लगाएका हुन्।

प्रतिनिधी सभा सदस्य उम्मेदवार देउवाले सुदूरपश्चिमको विकासका लागि पश्चिममा रहेको पञ्चेश्वर र पूर्वमा कर्णाली तथा मध्य भागमा रहेको पश्चिम सेती निर्माण गर्ने प्रकृया अन्तिम चरणमा रहेकोले यस क्षेत्रको बेरोजगारीलाई ती आयोजनाको निर्माणबाट समाधान गर्न सकिने विश्वास समेत व्यक्त गरेका छन्।

देउवाले कांग्रेसको बहुमत आउने देखेर एमाले तर्सिएको दावी गर्दै एमाले अध्यक्ष ओलीको छुद्र भाषा त्यसैको परिणाम भएको टिप्पणी गरे।

ताजा समाचार