शहबाज सरिफलाई पदमुक्त गर्न माग गर्दै इमरान खान पुगे सर्वोच्च अदालत | ईमाउण्टेन समाचार

Our Network

असोज ९ २०८१, बुधवार

शहबाज सरिफलाई पदमुक्त गर्न माग गर्दै इमरान खान पुगे सर्वोच्च अदालत

इस्लामाबाद। पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक–ए–इन्साफ पार्टीका नेता इमरान खानले प्रधानमन्त्री शहबाज सरिफ  र उनको मन्त्रिपरिषद्लाई बर्खास्त गर्न उच्च अदालतमा निवेदन दिएका छन् । पीटीआईका वरिष्ठ नेता आन्दलीब अब्बास र हसन नियाजीले दायर गरेको निवेदनमा प्रधानमन्त्री शहबाज र उनका प्रमुख सचिवलाई सम्पत्ति शुद्धीकरण मुद्दालाई उठाइएको छ।
प्रधानमन्त्री विरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा सक्रिय भए पनि उनी र उनको मन्त्रिपरिषद्का सदस्यले मुद्दामा घोषित अपराधीहरूलाई भेट्न लन्डन भ्रमण गरेको, जुन गरे, जुन  कानुनको प्रष्ट उल्लङ्घन भएको निवेदनमा दाबी गरिएको छ।

प्रधानमन्त्री शहबाजले लन्डन भ्रमणमा पूर्वप्रधानमन्त्री नवाज सरिफलाई भेटेको र जारी राजनीतिक, संवैधानिक र आर्थिक समस्याबाट आफ्नो पार्टीलाई अगाडि बढाउन सल्लाह मागेको बताइएको थियो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);