३ पटकसम्म प्रधानमन्त्री भएका सरिफविरुद्ध लगाइएको भ्रष्टाचारको अभियोग खारेज | ईमाउण्टेन समाचार

Our Network

फागुन २० २०८०, आइतबार

३ पटकसम्म प्रधानमन्त्री भएका सरिफविरुद्ध लगाइएको भ्रष्टाचारको अभियोग खारेज

काठमाडौं, १४ मंसिर । गत महिना स्वनिर्वासनबाट फर्केका ३ पटकसम्म प्रधानमन्त्री भएका नवाज सरिफविरुद्ध लगाइएको भ्रष्टाचारको अभियोग पाकिस्तानको एक उच्च अदालतले खारेज गरिदिएको छ ।

इस्लामाबाद उच्च अदालतले सरिफविरुद्ध एउटा मुद्दामा सफाइ पाएको पाकिस्तानी संचार माध्यमहरुले जनाएका छन् ।  शरिफले स्टिल कम्पनीमा लगानी गरेको आरोपमा दोस्रो सजायविरुद्ध पनि अपिल गर्नुभएको छ । आगामी फेब्रेअरीमा हुने चुनावअघि आफ्नो नाम सफाइ दिने प्रयासमा भ्रष्टाचारको अभियोगमा दोषी ठहरिएका सरिफ अहिले जमानतमा हुनुहुन्छ उहाँका प्रतिद्वन्द्वी अर्का पूर्व प्रधानमन्त्री इमरान खान जेलमा हुनुहुन्छ । अदालतको फैसलापछि सरिफले सबै मामिला अल्लाहमा छोडेको र अल्लाहले न्याय गरेको प्रतिक्रिया दिनु भयो । सरिफलाई सन् २०१८ मा आफ्नो परिवारले लण्डनमा फ्ल्याट खरिद गर्दा भ्रष्टाचार गरेको आरोपमा १० वर्षको जेल सजाय सुनाइएको थियो । त्यस्तै सन् २०१७ मा आफ्नो आम्दानीको केही अंश घोषणा गर्न नसकेको भन्दै राजनीतिबाट आजीवन प्रतिबन्ध लगाइएको थियो ।

पाकिस्तानको शक्तिसाली सेनासँग पनि सम्बन्ध सुधारेर सरिफले राजनीतिक यात्रा निश्चित गर्ने प्रयास गरिरहेको विश्लेषण गरिएको छ । पूर्व क्रिकेटर इमरान खानलाई निर्वाचनमा प्रतिस्पर्धाबाट रोक्न धेरै मुद्दामा जेल चलान गरिएको छ । खानलाई सत्ताच्युत गर्दै नवाज सरिफका कान्छा भाइ शहबाज सरिफ सत्तामा आएपछि कानुनमा परिवर्तन गर्दै नवाज सरीफको पुनः आगमनका लागि मार्ग प्रशस्त गरिएको छ ।

Leave a Reply