बराबरीमा रोकिएपनि रियल अन्तिम १६मा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

साउन १६ २०८३, आइतबार

एजेन्सी, १३ मंसिर। कोपा डेल रे प्रतियोगीता अन्र्तगत भएको खेलमा रियल म्याड्रिड तेस्रो डिभिजनको फिउनलाब्राडासँग २-२ को बराबरीमा रोकिएको छ।

पहिलो लेग २-० ले फिउनलाब्राडाविरुद्ध जित दर्ता गरेको रियलले दोस्रो लेगमा बराबरी खेलेपनि एग्रिगेटमा ४-२ गोल गरेपछि अन्तिम १६मा प्रवेश गरेको हो।

फिउनलाब्राडाका लागि लुइस मिलरले पहिलो हाफको २५ औं मिनेटमा गोल गर्दै रियल विरुद्ध अग्रता दिलाएका थिए।

रियलका लागि बोर्जा मायोरलले बेलको पासमा दोस्रो हाफमा ६२ औं तथा ७० औं मिनेटमा गोल गरेका थिए । तर खेलको अन्तिम मिनेटतिर फिउनलाब्राडाका एल्भारो पोर्टिलाले गोल गर्दै खेल बराबरी बनाए ।

 

ताजा समाचार