तनहुँमा रुवाखोलाको पुलबाट टिपर खस्यो, चालकको मृत्यु  | ईमाउण्टेन समाचार

Our Network

मंसिर ७ २०८१, शुक्रबार

तनहुँमा रुवाखोलाको पुलबाट टिपर खस्यो, चालकको मृत्यु 

तनहुँ । तनहुँको आबुखैरेनी गाउँपालिका–४ पावर हाउस स्थित रुवाखोलाको पुलबाट आज बिहान मिनी ट्रिपर खस्दा चालकको मृत्यु भएको छ । मृत्यु हुने चालक तनहुँको म्याग्दे गाउँपालिका–६ मनपाङका ४७ वर्षीय राम बहादुर दमाई रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर स्थित मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान सवा ६ बजे मृत्यु भएको हो । मुग्लिङबाट आबुखैरेनीतर्फ जाँदै गरेको ग १ क ४४६९ नम्बरको टिपर आज बिहान साढे ४ बजे अनियन्त्रित भई पुलबाट अन्दाजी २० मिटर तल खोलामा खसेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);