हिरा खोज्न दिल्ली हिँडेका छात्रा सितामढीमा फेला | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८२, बिहीबार

हिरा खोज्न दिल्ली हिँडेका छात्रा सितामढीमा फेला

श्याम गुप्ता
बारा, ५ फागुन
बाराको गढीमाई नगरपालीका वडा नं.१ स्थित सिमराबाट बेपत्ता भनिएका चार जना स्कुले छात्राहरु भारतको सितामढीमा भेटिएका छन् । स्थानीय सिमरा पब्लिक स्कुलमा पढ्ने ती विद्यार्थीहरु स्कुलबाट आईतवार घर फर्किने क्रममा हराएका थिए । गढीमाई नगरपालिका वडा नं.७ स्थित जीतपुरकी कक्षा पाँचमा अध्ययनर्त ११ वर्षीया जीया गुप्ता , उनकै बहिनी

हिरा खोज्न दिल्ली हिँडेका छात्रा सितामढीमा फेला

हिरा खोज्न दिल्ली हिँडेका छात्रा सितामढीमा फेला श्याम गुप्ता बारा , ५ फागुन बाराको गढीमाई नगरपालीका वडा नं.१ स्थित सिमराबाट बेपत्ता भनिएका चार जना स्कुले छात्राहरु भारतको सितामढीमा भेटिएका छन् । स्थानीय सिमरा पब्लिक स्कुलमा पढ्ने ती विद्यार्थीहरु स्कुलबाट आईतवार घर फर्किने क्रममा हराएका थिए । गढीमाई नगरपालिका वडा नं.७ स्थित जीतपुरकी कक्षा पाँचमा अध्ययनर्त ११ वर्षीया जीया गुप्ता , उनकै बहिनी युकेजीमा पढ्ने पाँच वर्षीया पीहुँ गुप्ता , गढीमाई नगरपालिका वडा नं.१ सिमराकी कक्षा पाँच पढ्ने १२ बर्षीया रविना श्रेष्ठ र गढीमाई नगरपाकिा वडा नं.२ , नरबस्ती घर भएकी कक्षा पाँच मैं पढ्ने १० वर्षीया स्नेहा सिंह सामूहिक रुपमा आईतवार बेलुकीबाट बेपत्ता भएका हुँन् । मंगलवार बिद्यालयले हराएका बिद्यार्थीहरुलाई अभिभावकको जिम्मा लगाएको छ ।

 

बिद्यालयले भारतको सितामढी स्थित चाईल्ड केयरलबाट चारै जना छात्राहरुलाई सकुसल बिद्यालय फिर्ता ल्याएको हो । बिद्यालय र अभिभावकले कल्पना गरे भन्दा फरक तरिकाले उनीहरु भारत पुगेको स्वेयम् बिद्यार्थीहरुले बताएका छन् । उनीहरुका अनुसार भारतको दिल्लीमा पुगी झरना हेरेर फर्किने योजना थियो । समूँहकी ११ वर्षीया स्नेहा सिंह कै योजनामा उनीहरु सितामढी पुगेका हुँन् । छात्रा स्नेहा सिंहले भनिन् । सितामढीबाट दरभंङ्गा स्टेशन हुँदै दिल्ली पुग्ने र दिल्लीमा एउटा झर्ना हेर्ने रहर बोकेर उनीहरु स्कुलबाट आईतवार साँझ ४ बजे सोझै बिरगंज लागे ।

 

बिरगंज पुगेर रिक्सालाई रक्सौल स्टेशन सम्म छोडन आग्रह गरेपछि रिक्सा चालकले सोधपुछ गर्दा उनीहरुले सिमरामा कार्यक्रम रहेको र रक्सौलमा अभिभावकले पर्खिरहेको बहाना बनाएपछि रिक्साले रु.२० रुपैंयाँ लिएर उनीहरुलाई स्टेशन पु¥याएको छात्रा सिंहले बताईन् । स्टेशन पुगेर स्नेहा कै सल्लाहमा उनीहरु सोझै लोकल ट्रेनमा उक्लिए । उनीहरुसँग सबैको मिलाएर दुई सय ६० रुपैंयाँ थियो । रु.एक सयको बिरगंजमा खाजा समेत किनिसकेका थिए । सबै योजना स्नेहा र रबिनालाई बाहेक जीयाका दिदिबहिनीलाई थाहा थिएन ।

 

बिद्यालयबाट स्नेहासँग सँगै घर जान बस चढेका उनीहरु बिरगंज जाने बताए पछि जीयाका दिदिबहिनी पछि लागेका स्नेहाले बताईन् । ट्रेन चढेपछि जियाकी बहिनी बिरामी परिन् । ५ बर्षिया पीहु गुप्ता रुन थालेपछि अरुले सोधपुछ गर्न थाले । अभिभावक कोही नभएपछि स्थानीय प्रहरीको सहयोगमा उनीहरुलाई सितामणी थाना हुँदै चाईल्ड केयरमा पु¥र्याइएको स्नेहाले बताईन् । पहिलेको घर दरभंङ्गा स्टेशन नजिक रहेको बताउँने स्नेहाले बिद्यालयमा आएर सबैसँग खुलेर आफ्नैं योजनामा भारत जाने योजना बनेको बताईन् । आँफुलाई कसैले बहकाएर नलगेको बताउँदै झरनामा हेर्ने रहर र सो झरनाबाट हिरा लिने अनि धनी बन्ने सोचमा साथी खोजेर भागेको स्नेहाले स्वीकार गरिन् ।

स्कुलमा रबिनासँग शुक्रवार नैं जाने योजना बनेपनि रबिनाले आईतवार जाने भनेपछि उनीहरु दुई दिन पर्खिएको स्नेहाले सुनाईन् । आईतवार घर फर्किने बेला मँ र रबिनासँगै जाने योजनामा थियौं , गाडी चढ्ने बेला जियाका दिदिबहिनी पछि लागे , उनीहरु बिरगंज जाने भनेपछि लागेका हुँन् , पछि उनीहरु पनि हामीसँगै जान बाध्य भए । स्नेहाले भनिन् – जियाकी बहिनी बिरामी नपरेको भए कसैलाई थाहा हुँन्नथ्यो , हामी दिल्ली पुग्थ्यौ । स्नेहाले फेरी भनिन् । स्नेहा पहिले पनि अभिभावकको साथमा सो स्थान गएकोले उनलाई सबै स्टेशनहरु र ट्रेन छुट्ने समयका बारेमा समेत जानकारी छ । स्नेहाले साथीबाट दिल्लीको कुरा सुनेको बताएन् ।

 

उनका अनुसार दिल्लीमा एक जंगलम झरना रहेको र सो झरनामा हिरा भेटीने साथीबाट सुनेको बताईन् । हिरा भेटेपछि धनी बन्ने र उतै बस्ने र ठुलो भएपछि घर आउँदा बाबाले पनि पिट्न सक्न ुहुन्न भन्ने सल्लाह गरेका थियौं , स्नेहाले हाँस्दै सुनाईन् – हिरा नभेटिए सुनाउँने साथीलाई आएर दुई थप्पड हान्ने बाजी थियो , आज त म स्कुलमा उसैलाई पिट्न पनि आएकी हुँ । उनले भनिन् । आँटिली देखिने १० बर्षिया स्नेहाले सबै कुरा हाँसेरै सुनाईन् ।

 

स्नेहाका बुबा के आई सिँहले उनी सानै देखी सारै चलाख रहेको बताए । उनले छोरीले एक पटक देखेको कुरा कहिल्यै नबिर्सने र बिरक्षण स्मरण शत्ति भएको समेत बताए । जियाका बुबा शम्भु प्रसाद गुप्ताले सधैं स्कुलबाट पाँच नबज्दै घर आईपुग्ने छोरी राति सम्म नआएपछि रातभरी नसुतेको बताए । जियाकी बहिनी पीहु गुप्ता अहिले भारतबाटै बिरामी परि अस्पताल भर्ना छिन् । हेल्प केयरको संरक्षणमा रहेका उनिहरुलाई अभिभावक र शिक्षक गएर ल्याएका थिए । पत्रकार सम्मेलनका क्रममा धनि बन्नका लागि आँफूहरु दिल्ली जान लागेको सुनाए । प्रहरीले यस अघि नैं उनिहरु आँफै भारत गएको बताई सकेको थियो । अनुसन्धानका क्रममा उनिहरुलाई कसैले नलगेको र आँफै गएको कुरा प्रहरीले बताउँदै आएको थियो । ईलाका प्रहरी कार्यलय सिमराका प्रहरी निरिक्षक गोविन्द कार्कीले बिरगंजबाट रक्सौल पु¥याउँने रिक्सा चालकसँग समेत बयान लिएका छन् । बयानका क्रममा बिद्यार्थीले रिक्सा चालकलाई समेत झुट बोलेको खुल्न आएको प्रहरी निरिक्षक गोविन्द कार्कीले बताए । बिद्यार्थी बिद्यालयबाट हराए पछि सिमरामा अपहरणको संङ्का गरिएको थियो ।

 

बिद्यालय माथी ठुलै दबाव परेकोले बिद्यालय बन्द गरेर उनीहरुको खोजी कार्यमा लागेको सञ्चालक राम अधिकारीले बताए । बिद्यार्थी बेपत्ता भएपछि भोली पल्ट देखी अभिभावकहरुमा डर पैदा भएको थियो । आज बिद्यार्थीहरुलाई सोचे भन्दा फरक ढंङ्गबाट अभिभावकको जिम्मा लगाए पछि वातावरण सामान्य बनेको छ । हुँन त विद्योर्थीहरुको दोष मात्रै कहाँ हो र ? विद्यालयले यातायातको सुविधा दिएपनि विद्यार्थीहरु सार्वजनिक यातायातका साधनहरुबाट आवत जावत गरिरेहेको अवस्था छ । त्यसैले अभिभावकहरुले पनि विद्यायले यातायातको शुल्क लिएपनि विद्यार्थीहरु सुरक्षित आवत जावत गर्ने छन् ।

Leave a Reply