सुरक्षा चुनौती : मतदान केन्द्रसम्म कसरी पुग्ने भन्ने चिन्तामा मतदाता | ईमाउण्टेन समाचार

Our Network

भदौ २६ २०८३, शनिबार

राकेश यादव

रौतहट, ६ मंसिर । रौतहटमा बम आतंकका कारण सर्वसाधारण तथा दलका नेता कार्यकर्ताहरु त्रसित बनेका छन्। सार्वजनिक स्थलहरुमा बम बिस्फोटन हुन र बेवासिसे अवस्थामा बम भेटीन थालेपछि रौतहटबासी त्रसित बनेका हुन । मंसिर २१ गते हुने प्रतिनिधी सभा तथा प्रदेश सभाको चुनावका लागि घर दैलोमा व्यस्त राजनैतिक दलका नेता तथा उम्मेदवारहरु समेतले असुरक्षित महसुस गर्न थालेका छन् । चुनाव प्रचार प्रसारमा असुरक्षा भएको भन्दै उम्मेदवारहरुले सरकारसंग सुरक्षाको माग गरेका छन् ।

रौतहटको गुजरा नगरपालिका ५ हरिहरपुर बजार भन्दा पूर्वतिर सोमबार बिहानै प्लाष्टिकले बेरिएको अबस्थामा भेटिएको बम नेपाली सेनाको टोलिले निष्क्रिय पारेका थिए भने चन्द्रपुर नगरपालिकामा गत शनिवार अज्ञात समुहले गराएको बम बिस्पोटमा परी १० जना भन्दा बढी घाईते भएका थिए । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति नजिकिदै जाँदा रौतहटमा बम आतंक बढेको छ ।

बम आतंकका कारण स्थानीय बासिन्दा त्रसित बनेका छन् भने सुरक्षा चुनौति समेत थपिदै गएको छ । चुनाबी प्रचारप्रसारलाई बिथोन अज्ञात समूहले बम राखने गरेको हुन सक्ने अनुमान गरिएको छ । बम निष्क्रिय पार्दा ठूलो आवाज आएपनि बम कुन हो भन्ने खुल्न सकेको छैन । गत शनिबार मात्रै चन्द्रपुर ५ स्थित राधाकृष्ण मन्दिर नजिक बम बिस्फोट हुँदा ३१ वर्षीया सीता राई, ७ वर्षीय जैबिक राई, ४५ वर्षीय लक्ष्मी साह, ५४ वर्षीय रत्नबहादुर बिक, ४८ वर्षीय कुन्ता खत्री, ३९ वर्षीय गोपाल बिक, ४५ वर्षीय दिलमाया राई, ५० वर्षीय यमुना काफ्ले घाइते भएका थिए ।

निर्वाचन नजिकिँदै जाँदा यस्ता किसिमका घटनाहरु नरोकिनुले निर्वाचनमा सिधा असर पर्ने स्थानिय मन्जु लामाले बताईन् । विद्यालय जाने बालबालिकाहरुलाई विद्यालय पठाउन पनि याहाका स्थानियहरु डराईरहेका लामाले बताईन् । दुई दिन देखि ठाउँ ठाउँमा बम फेला परे पछि यहाँका स्थानियहरुले असुरक्षित महसुस गरेको स्थानिय लामाको भनाइ छ । यहाँका स्थानियहरुले मन भित्र त्रास लिएर कसरी मतदान केन्द्र सम्म पुग्ने भनेर चिन्तामा रहेको स्थानीय बताउँछन् ।

शनिबार चन्द्रपुर ५ स्थित मन्दिरमा बाम गठबन्धनको वडा भेला सकिए लगतै बम बस्फोटन हुँदा १० जना भन्दा बढी घाइते भएका थिए र गुजरा नगरपालिकामा पनि बम फेला परे पछि यहाँका सुरक्षामा कडाई गरिएको ईलाका प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक शान्ति राज कोईरालाले बताए । चन्द्पुर घाटना गराउनेको पहिचान भई सकेको र छिटै नै समातेर कारवाही गरिने कोइरालाले बताए । सकृयरु पमा प्रहरी परीचानल गरेको दावी गर्दै केही चुवान विरोधी तत्वहरुले घटना घटाएको इलाका प्रहरी कायालयका प्रमुख कोईरालाले बताएका छन।

ताजा समाचार