स्थानिय निकायका कर्मचारीहरुद्वारा जनकपुर नगरक्षेत्रमा विरोध जुलुस प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

माघ १ २०८१, मंगलबार

स्थानिय निकायका कर्मचारीहरुद्वारा जनकपुर नगरक्षेत्रमा विरोध जुलुस प्रदर्शन

३ फागुन, धनुषा । विभिन्न ९ बूँदे माग सहित आन्दोलनरत स्थानिय निकायका कर्मचारीहरुले आज जनकपुर नगरक्षेत्रमा विरोध जुलुस प्रदर्शन गरेका छन् । गत माघ २४ गते देखि चरणबद्ध रुपमा आन्दोलन थालेका जनकपुर लगयतका देशभरका स्थानिय निकायका कर्मचारीहरुले हिजो देखि सम्पुर्ण कामकज अबरुद्ध गरी आन्दोलनलाई निरन्तरता दिएका छन् । आन्दोलनरत कर्मचारीहरुले निजामती सेवा र स्थानिय निकायमा कार्यरत

स्थानिय निकायका कर्मचारीहरुद्वारा जनकपुर नगरक्षेत्रमा विरोध जुलुस प्रदर्शन

३ फागुन, धनुषा  । विभिन्न  ९ बूँदे माग सहित आन्दोलनरत स्थानिय निकायका कर्मचारीहरुले आज जनकपुर नगरक्षेत्रमा विरोध जुलुस प्रदर्शन गरेका छन् । गत माघ २४ गते देखि चरणबद्ध रुपमा  आन्दोलन थालेका जनकपुर लगयतका  देशभरका स्थानिय निकायका कर्मचारीहरुले हिजो देखि सम्पुर्ण कामकज अबरुद्ध गरी आन्दोलनलाई निरन्तरता  दिएका छन् ।

 

आन्दोलनरत कर्मचारीहरुले निजामती सेवा र स्थानिय निकायमा कार्यरत कर्मचारीहरुलाई एउटै डालोमा राखी सम्मानजनक  समायोजन पछि  स्थाननिय तहमा काज वा अन्य कुनै नामबाट दुई किसिमको कर्मचारी रहने व्यवस्था पुर्ण रुपमा अन्त्य हुनुपर्ने,स्थानिय निकायमा रहेका अस्थायी कर्मचारीहरुलाई स्थाई गर्नुपर्ने,हाल स्थानिय निकायमा कार्यरत अधिकृत स्तरका  कर्मचारीहरुलाई योग्यता र दक्षताको आधारमा नयाँ निर्माण हुन लागेको स्थानिय निकायहरुमा  कार्यालय प्रमुखको जिम्मेबारी दिनुपर्ने, स्थानिय तहमा कार्यरत कर्मचारीहरुको सेवा सुबिधामा समानता ल्याउन प्रादेशिक कोषको व्यवस्था तत्काल हुनुपर्ने, नयाँ गठन भएका नगरपालिकाहरुमा स्थानिय निकाय तर्फकै प्रशासनिक दरबन्दी रहने गरी अधिकृत स्तरको दरबन्दी कायम गर्नुपर्ने लगायतका माग राखि स्थानिय निकायका कर्मचारीहरु आन्दोलित भएका छन् ।

 

आज जिल्ला विकास समिति  धनुषाबाट निस्केका स्थानिय निकायका कर्मचारीहरुको विरोध जुलुस नगरको विभिन्न भागको परिक्रमा गर्दै जनकपुर उपमहानगरालिका कार्यालयमा पुगेर कोणसभामा परिणत भएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);