उपचार गर्न लैजाने बहानामा होटलमा राखेर छोरी बलात्कार गर्ने बाबु पक्राऊ | ईमाउण्टेन समाचार

Our Network

भदौ २० २०८३, आइतबार

काठमाडौं, ४ मंसिर । छोरीलाई बलात्कार गरेको आरोपमा सर्लाही प्रहरीले आइतबार एक अभियुक्तलाई पक्राउ गरेको छ। बागमती नगरपालिका–९, शंकरपुर निवासी ३६ वर्षीय कृष्णबहादुर कार्कीलाई छोरी करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

स्थानीय एक विद्यालयमा कक्षा ७ मा अध्ययनरत बालिकालाई कार्कीले कात्तिक ६ गते उपचारका लागि भरतपुर लैजाने बहानामा भरतपुरस्थित होटलमा राखी बलात्कार गरेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी निरीक्षक ललन कुर्मीले बताए।

उनले मंसिर १ गते राति घरमै सुतिरहेको अवस्थामा बलात्कार गरेपछि घटना सार्वजनिक भएको हो । श्रीमती काठमाडौं गएको मौका छोपी कार्कीले छोरीलाई बलात्कार गरेको खुलेको प्रहरीले जनाएको छ। – अन्नपूर्ण पोस्ट दैनिकबाट

ताजा समाचार