काठमाडौँ, ३ कार्तिक। प्रचण्ड पुत्र प्रकाश दाहालको निधनलाई लिएर प्रधानमन्त्री एवम् कांग्रेस सभापती शेरबहादुर देउवाले दुःख व्यक्तगरेका छन्। पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाशको आज बिहान असामयिक निधन भएपछि देउवाले आफु र्ममाहत भएको बताएका छन्।

सामाजिक सञ्जाल ट्विटरमार्फत देउवाले परिवार र आफन्तजनप्रति समवेदना प्रकट गरे।
उनले लेखेका छन् – पूर्व प्रधानमन्त्री एवं मेरा मित्र पुष्प कमल दाहालका छोरा प्रकाश दाहालको अल्पायुमै भएको निधनको खबरले मर्माहत भएको छु। मृतकप्रति हार्दिक श्रद्वान्जली र शोकाकुल परिवारजनलाई यस दुखद घडिमा हार्दिक समवेदना व्यक्त गर्दछु।




